७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

इन्दिराको प्रष्टिकरण: करुणाभावले सहयोग गर्न अमेरिकी दूतावासलाई पत्र लेखेको हुँ ,अनैतिक कार्य गरेको छैन

इन्दिराको प्रष्टिकरण: करुणाभावले सहयोग गर्न अमेरिकी दूतावासलाई पत्र लेखेको हुँ ,अनैतिक कार्य गरेको छैन
अ+ अ-

काठमाडौं । उपसभामुख इन्दिरा रानाले करुणाभावले सहयोग गर्न अमेरिकी दूतावासमा भिसा आबेलनका लागि पत्र लेखिदिएको जनाउनु भएको छ ।

आज एक स्पष्टिकरण पत्र मार्फत उपसभामुख रानाले अमेरिका जाने क्रममा यात्रा गर्नु पर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदुतावासमा अन्तर्वार्ता को मिति लिन लामो समय कुर्नु पर्ने अवस्था रहेको अवस्थामा अन्तरवार्ताकाचे मिति अगाडी राख्ने व्यवस्था मिलाईदिन पत्रचार गरेको जनाउनु भएको छ ।

उहाँले आफुसंगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको उल्लेख गर्दे कसैको भिसाको लागि अनुरोध नगरेको जनाउनु भएको छ ।

उहाँले जारी गर्नुभएको बिज्ञप्तिको पूर्णपाठ

केही सञ्चार माध्यमहरुमा “उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिस् आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि मिसा भने दिएन।” भन्ने खालका भ्रामक र तथ्यहिन समाचारहरु आएकोप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ ।

म लामो समय देखि समाजसेवामा कार्यरत रहेको र आफ्नो कामको सिलसिलामा संयुक्त राज्य अमेरिका लगायत विश्वका थुप्रै मुलुकको यात्रा पनि गरिसकेको छु। थुनामा रहेका बुबा वा आमासँग कारागार भित्र बाध्यात्मक अवस्थामा रहनु परेका बालबालिकाहरूको शिक्षा र जीवनको सुरक्षा लागि म दुई दशक भन्दा बढी समयदेखि अनवरत कार्यरत थिएँ र छु । मेरो काम विश्वभर परिचित छ । मैले गरेका कामहरूबाट बालबालिकाको क्षेत्रको नोबेल पुरस्कार भनिने “World’s Children’s Prize” लगायत थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित हुने अवसर पनि पाएको छु । मैले पाएका पुरस्कारका सबै रकमहरू मैले आफूले गरिरहेको सामाजिक सेवामा नै समर्पण गरेको इतिहास सबैको सामुन्ने नै छ ।

पछिल्लो संघीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारको रूपमा निर्वाचित भई प्रतिनिधि सभाको उपसभामुख जस्तो महत्वपूर्ण भूमिकामा रहने अवसर प्राप्त गरेको छु। मैले आजसम्म सम्मानित सदन र पदको गरिमामा आँच आउने गरी कुनै पनि काम गरेको छैन र गर्ने पनि छैन । उपसभामुखका रूपमा मैले अमेरिका लगायत अन्य देशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा नेपालको प्रतिनिधित्व गर्दै समानता, सामाजिक न्याय र पिछडिएका वर्गको तर्फबाट निरन्तर आवाजहरु उठाइरहेको जगजाहेर छ ।

गत वर्ष २०२३ को मार्च महिनामा UN Commission on Status of Women (UN CSW) सम्मेलनसँगै समान्तर रुपमा आयोजना हुने NGOCSW 67 मा सहभागिताको लागि म लगायत अन्य सहभागीहरूलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नु पर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदुतावासमा अन्तर्वार्ता को मिति लिन लामो समय कुर्नु पर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा  आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्व: निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन । हैन ।

उक्त सम्मेलनमा सहभागी भई सकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको छु । मैंले उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनि आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिक्रिया तथा दृष्टिकोणप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मलाई माया र सदभाव राखी सचेत गराउन खोज्नु भएका सञ्चारकर्मी लगायत अन्य शुभेच्छुक, शुभचिन्तकजनप्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु । तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेड वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनु हुन्छ। मेरा स्वभावगत कमजोरीहरु धेरै होलान्, त्यसबाट
फाइदा उठाउनेहरु पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन। आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौं लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागि रहेको पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।

इन्दिरा राना
उपसभामुख