४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा विपद्जन्य क्षति बढी भयो: सांसद शेर्पा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताउनु भयो । उहाँले देशले अहिले बाढी, पहिरो लगायतका विपद्जन्य घटना व्यहोरिरहेको बताउनु भयो । उहाँले बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको बताउनु भयो । उहाँले जसअन्तर्गत कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको बताउनु भयो ।

उहाँले गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता रहेको बताउनु भयो । उहाँले चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको बताउनु भयो । प्रहरीकाअनुसार जारी मनसुन अवधिमा १८२ घर डुबानमा, २२२ घर क्षतिग्रस्त, ४३ पुल नष्ट, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको बताउनु भयो । उहाँले यस अवधिमा । ५८५ वटा पशु चौपाय मरेका र ३ हजार ७२१ परिवार बिस्थापित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देश अहिले अलिकति बाढी, पहिरो जोखिमयुक्त कारणले देशले क्षति व्यहोरिरहेको छ । बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ ।

कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता छन्, चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार यो अवधिमा १८२ घर डुबानमा छन् । २२२ घर क्षतिग्रस्त भएको, ४३ पुल नष्ट भएको, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५८५ वटा पशु चौपाय मरेका छन्, ३ हजार ७२१ परिवार बिस्थापित भएको छ । हामीले ठूलो क्षति व्यहोरिसकेका छाँै । यो देशको लागि पनि ठूलो क्षति हो । विपद् व्यवस्थापनमा हामीले वैज्ञानिक प्रणालीबाट बस्ती बसाउन सकेनौँ । त्यसकारण पनि धेरै क्षति भयो । विकासका संरचनालाई पनि वैज्ञानिकरण गर्न सकेनाँै । विकासमा नाममा हामीले डोजर लगाएर जहाँ पायो त्यहीँ काम गर्‍यौँ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’

सांसद शेर्पाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीलाई विश्वासिलो बनाउन जरुरी रहेको बताउनु भयो ।