२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले राजाको कुरा गरेर निरङ्कुशता र सर्बसत्ताबाद नखोजेको बताएका छन् ।

पार्टीको अर्थ सड्ढलन अभियानको हिजो शुभारम्भ गर्दै अध्यक्ष थापाले चुनावी राजनीति भन्दा माथिको अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको एजेन्डा स्थापित गर्न आफूहरुले प्रयास गरिरहेको स्पष्ट पारे ।

भूराजनीतिक अबस्थाको कारणले पनि नेपालमा राजसंस्था जरुरी भएको भन्दै उनले बिदेशीहरुको दबाब र प्रभाबबाट मुलुकलाई मुक्त गर्नु प्रमुख आबश्यकता रहेकोमा जोड दिए । संघीयता मुलुकले धान्न नसक्ने भन्दै दुई तहको सरकार भए अहिलेको समस्या धेरै हद सम्म समाधान हुने थापाको तर्क थियो । चुनाव लड्न,जिट्न,सरकार बनाउन ,मन्त्री प्रधानमन्त्री बन्न बिदेशीको आशिर्वाद चाहिने प्रवृत्तिले मुकुकको स्वाधिनता कमजोर भएको उनको धारणा थियो ।

पछिल्लो राजनीतिक ध्रुवीकरणले मुलुकलाई दुर्घटनातर्फ लैजान खोजेको भन्दै थापाले हिन्दुत्व र राजसंस्था चाहने, संघीयताको खारेजी चाहने शक्ति र समूह एक भएर चुनौतीको सामना गर्ने समय आएको भन्दै थापाले राष्ट्रवादी शक्तिलाई बलियो बनाउन सबैको सहयोग आवश्यक भएको बताए । विदेशीको आशिर्वाद र सहयोग नखोज्ने राप्रपा नेपाल जस्तो स्वाभिमानी दललाई सबै नेपालीको सहयोग जरुरी भएकोले आर्थिक सड्ढलन अभियान शुरु गरिएको थापाले बताए ।