२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिवद्धता



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय मातहतका निकायहरुलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । उहाँले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताउनु भयो । उहाँले ऐन, कानूनहरुको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरु सम्पूर्ण साथीहरुलाई यो विश्वास दिलाउन चाहन्छु । यो भरोसा दिलाउन चाहन्छु । हाम्रो यो कार्यकालमा तपाईंहरु ढुक्क भएर राम्रो काम गर्नुस् । यहाँका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता छ । सुशासनमा ध्यान दिन आग्रह गर्दछु । हाम्रो एउटै चाहना छ, काम गर्नुस्, राम्रो काम होस् । सुशासन कायम होस् । ऐन, कानूनहरुको परिपालना गर्न सक्नुभएन भने ढिलो चाँडो आफूलाई नै अफ्ठ्यारो हुन्छ । बेरुजुको चाङ छ । अस्तिमात्रै बेरुजु हेर्दा ८५ प्रतिशत थियो । कागज मिलेको छैन भने कागज मिलाइदिनुस् । साथी भाईले केही रकम तिर्नु छ भने तिर्दिनुस् । छैन भने दिल खोलेर हिँड्नुस् । यहाँका बेरुजुको विषयमा सार्वजनिक लेखा समितिमा आउँछ ।’

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव १९ औं एशियाली खेलकुद सकिए लगत्तै २० औं एशियाली खेलकुदको लागि मिसन २०२६ भनेर अघि बढाएको बताउनु भयो । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहनुभएको र विशेष प्रशिक्षणमा व्यवस्थित रुपमा अघि बढाएको जिकिर गर्नुभयो । उहाँले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अंकको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताउनु भयो ।

उहाँले राखेपको मुख्य कार्यक्रम नै मिसन २०२६ भएको बताउनु भयो ।




भर्खरै