२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ वर्ष केपी ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ: मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको बताउनुभएको छ ।

बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमतीका आधारमा बाँकी रहेको कार्यकालमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस र एमालेका बीचमा भएको सहमती नलुकाइएको पनि बताउनु भयो । उहाँले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरु मिलेर सरकार बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मान्छेहरुको आकांक्षा बढेको देखेको छु । मान्छेहरुमा केही आशावादिता पलाएको देखेको छु । त्यो कोही प्रधानमन्त्री वा मन्त्री भएर मात्रै पनि होइन होला । अब अलिकति स्थायित्व आउने भयो भनेर सबै क्षेत्रमा उत्साह आएको छ । शंकाको सुविधा हामीले सबैलाई दिनुपर्छ । यो अन्तिम हो किनभने दुईवटा ठूला दल मिलेर सरकार बनेको छ । अब यहाँभन्दा हुने त केही छैन । ५/७ वटा दलहरु मिलेर सरकार बन्दाखेरी कहिले सरकार ढल्ने हो रु त्यही भइपनि राखेको छ । कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने । यो भएपछि अब हामीले एउटा प्रतिवद्धता गरौँ भनेर दुईवटा ठुला दलहरु र यो खुला पनि छ । पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन । अघिल्लो दुई वर्ष नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ । यो खुल्ला छ । त्यसले गर्दा स्थायित्व यसले खोजेकै हो । यसलाई सफल बनाउने हो । अब यसलाई असफल हुने छुट छैन । सफल बनाउनुपर्छ ।’

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताउनु भयो ।




भर्खरै