९ श्रावण २०८३, शनिबार
,
Latest
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैन: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले नेपालीहरुले पाएको अधिकारका लागि महिलाहरुको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरुले दिनुभएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो भवन समयमै सम्पन्न होस् । उद्घाटन हुँदा हाम्रै पार्टी सभापतज्यिुबाट हुँदा अझ राम्रो हुन्छ । अधिकार प्रप्त गर्नका लागि मंगलादेवी लगायतका महिला नेतृहरुको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई हामी सबैले बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरुलाई पुन: प्राप्ति गर्नको लागि मंगलादेवी सिंह लगायत शैलजा आचार्यहरु सबै जेल गएको कुरा तपाईं हामी सबैले बिर्सिनु हुँदैन । अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट जुन प्राप्त गरेका अधिकारहरु छन् । ति अधिकारहरु प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताउनु भयो । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि गुमेका अधिकारहरुलाई पुन: प्राप्ति गर्न मंगलादेवी सिंह र शेलजा आचार्य लगायतका महिलाहरुको योगदान अविष्मरणीय रहेको बताउनु भयो ।




भर्खरै