२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले काठमाडौंले दियो बधाई र शुभकामना



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतको सहभागिता रहको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो कार्यकालका लागि देशको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँले सोमबार शपथग्रहण गर्नुभएको थियो ।