४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्मा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।

सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि सो व्यवस्था नभएकाले मन्त्रीपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । त्यसैगरी बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदन पनि व्यक्त गरेको छ ।

मन्त्री परिषद बैठकले परिवर्तित सन्दर्भमा मन्त्री परिषद र मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रश्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी संवत २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्ल्ड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेका प्रवक्ता गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति भावपूर्ण सम्मान एवम हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने । हालैको बाढी पहिरोमा परी ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने, पीडित परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने । हालैको बाढी, पहिरो एवं प्राकृतिक प्रकोपमा मृत्यु हुने मृतकका परिवारलाई राहत उपलब्ध गराउने । संवत २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्लड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने । नेपाल सरकारको प्रवक्तामा माननीय संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गर्ने ।

परिवर्तित सन्दर्भमा मन्त्रीपरिषद् र मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रश्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने । विपद्का कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने । यो नयाँ निर्णय हो । मान्छे बेपत्ता हुन्छ, हराउँछ । त्यसको कुनै व्यवस्था रहेनछ । यस पटक यो व्यवस्था गरिएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने । यो अहिलेसम्म समस्यामा छ ।’

सरकारले विपद् व्यवस्थापनको काममा तिब्रता दिन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ ।