७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्यो



अ+ अ-

एजेन्सी । क्रिकेट अष्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाको बेलायत भ्रमणको सुरुवात स्कटल्याण्डसँगको तीन खेलको टी–२० सिरिजबाट सुरु हुनेछ ।

यसपछि अष्ट्रेलियाले इंग्ल्याण्डसँग तीन खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ । यो भ्रमणका लागि पहिलो पटक अष्ट्रेलियाबाट वेस्टर्न अस्ट्रेलियाका अलराउन्डर कुपर कोनोलीलगायत धेरै युवा खेलाडीलाई समावेश गरिएको छ । त्यस्तै प्याट कमिन्सजस्ता सिनियर खेलाडीलाई भने आराम दिइएको छ ।

अष्ट्रेलियाको स्कटल्याण्ड विरुद्धको एकदिवसीय शृंखलाका लागि मिचेल मार्सलाई टिमको कमाण्ड दिइएको छ । योसँगै मार्सलाई अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको ३ खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिजमा कप्तानी गर्ने जिम्मेवारी पनि दिइएको छ ।

भारत र अस्ट्रेलियाबीच हुने पाँच खेलको बोर्डर गावस्कर सिरिजका लागि प्याट कमिन्सलाई विश्राम दिइएको हो । एकदिवसीय विश्वकप विजेता कप्तानले अष्ट्रेलियाको टी–२० विश्वकप यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

यस बाहेक अस्ट्रेलियाले पहिलो पटक यो भ्रमणको लागि ज्याक फ्रेजरलाई पनि टोलीमा समावेश गरेको छ । दिल्ली क्यापिटल्सका यी स्टारले आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका थिए र त्यसपछि उनलाई कङ्गारु टोलीले टी–२० विश्वकपमा रिजर्भ खेलाडीको रुपमा समावेश गरेको थियो ।

अष्ट्रेलियाको टी–२० टोली यस्तो छ –
मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, नाथन एलिस, ज्याक फ्रेजर म्याकगर्क, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोन्सन, मार्कस स्टोइनिस, एडम जाम्पा ।

एकदिवसीय टोलीः
मिचेल मार्श (कप्तान), सेन एबट, एलेक्स केरी, नाथन एलिस, ज्याक फ्रेजर म्याकगुर्क, आरोन हार्डी, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, एडम जाम्पा ।