३ आश्विन २०८१, बिहीबार
,
Latest
संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने जोमसोममा बसपार्क सञ्चालन वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज हो: परराष्ट्रमन्त्री राणा संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु: खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

उहाँले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताउनु भयो । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताउनु भयो । उहाँले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरुलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाँै । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाँै । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताउनु भयो ।