२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको फाइनल आज, उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ ।

आज मध्यरातमा जर्मनीको बर्लिनस्थित ओलम्पियास्टेडिनमा हुने फाइनल खेलमा उपाधिका लागि स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा स्पेन र इंग्ल्याण्ड दुबै अपराजित रहेका छन् । इंग्ल्याण्डले दुई खेल बराबरी खेल्दा स्पेनले भने सबै खेल जित्दै फाइनल पुगेको हो ।

अन्तिम १६ मा स्पेनले जर्जियालाई ४–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यस्तै, क्वाटरफाइनलमा जर्मनीलाई २–१ ले हराएको स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ गोलको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

अर्कोतर्फ इंग्ल्याण्डले अन्तिम १६ मा स्लोभाकियालाई २–१, क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टीमा ५–३ तथा सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।

स्पेन आजको फाइनल जितेर चौंथो पटक उपाधि जित्ने दाउमा छ । उसले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको छ ।

यसअघिको संस्करणमा उपविजेतामा चित्त बुझाएको इंग्ल्याण्ड भने पहिलो उपाधि उठाउने दाउमा छ ।

यी दुई टोलीबीच हालसम्म २७ खेल भएको छ । जसमा इंग्ल्याण्डले १४ खेल जित्दा १० खेलमा स्पेन विजयी भएको छ । यस्तै, ३ खेल बराबरी भएका छन् ।