• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवासमा कांग्रेस-एमाले नेताहरू



काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

एमालेका नेता तथा सांसद सूर्य थापाका अनुसार आज संसदमा बिश्वासको मतको बिपक्षमा मतदान गरेका सबै दलको हस्ताक्षर सहित नेताहरु शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) अनुसार दलहरूलाई आह्वान गर्नुभएको थियो ।