१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्रीलाई मेटमणिको आग्रह – देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु, ४ महिनामै परिस्थिति अनुकुल हुन्छ

प्रधानमन्त्रीलाई मेटमणिको आग्रह – देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु, ४ महिनामै परिस्थिति अनुकुल हुन्छ
अ अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकुल हुने दाबी गर्नुभयो । उहाँले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताउनु भयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटन हुनेगरी साक्षि नबस्न पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नुभएको होला नि ? को कस्तो छ भनेर । हामी त तपाईकै साथमा छौँ । सधैँ तपाई सँगै रहन्छौँ । तपाईकै साथमा छौँ । थियौँ । तर तपाई पटक–पटक हामीलाई छोड्नुभयो । त्यसैले यो अवस्थाको सामना पनि गर्नु परेको छ । आज परिस्थिति जस्तो भएपनि नेपाली काँग्रेसका सभापतिलाई दोषि तपाई कत्ति पनि नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकुल भइ त हाल्छ । १०० प्रतिशत । आजको मितिले चार महिना गनेरै बसौँ । चार महिनामा अनुकुल परिस्थिति तपाइकै पक्षमा हुन्छ । त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ । म कांग्रेसको सभापतिज्यूलाई पनि हेरिरहेको छु, नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी, संसद विघटन हुनेगरी साक्षि नबस्नु होला । यो १०० प्रतिशत त्यो ठाउँमा पुग्छ । चार महिना पछि आजको प्रधानमन्त्रीको जस्तो हालत नहोस् । छल गर्‍यो मायाले भन्ने गीत गुन्गुनाउनु नपरोस्, बुढानिलकण्ठको निवासमा बसेर ।’

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्न समेत गर्नुभयो । आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उहाँको भनाई छ । उहाँले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गर्नुभयो ।