२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्नुभएको छ ।

उहाँले बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आग्रह गर्दे मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले मनसुनजन्य विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीमा राहत एवं उद्धारका साथै वैज्ञानिक–प्राविधिक अध्ययनको आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न म सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ –

नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा दुईवटा यात्रुबाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यूका साथै यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडी लगायत देशका विभिन्न स्थानमा भएका बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु ।

वेपत्ता यात्रुहरूको यथाशीघ्र खोजी तथा उद्धार एवं घाइतेहरूको उपचारका साथै मनसुनजन्य विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीमा राहत एवं उद्धारका साथै वैज्ञानिक–प्राविधिक अध्ययनको आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न म सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गर्दछु । साथै, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्‌बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्दछु ।