२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराको उच्च जोखिममा रहेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो



फाईल फोटो
अ+ अ-

म्याग्दी । पहिराको उच्च जोखिममा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका छ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको बताउँदै अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले अन्य परिवारलाई आफन्त तथा अन्यत्र रहेका उहाँहरूकै घरगोठमा सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार चक्रबहादुर बरुवाल, दुर्गाबहादुर बरुवाल, गणेश खड्का, रगुन खड्का, मनबहादुर बरुवाल र नेत्रबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।

सामान्य जोखिममा रहेका दुई परिवारलाई सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार घारखोलाको आउटलेटको दुई किलोमिटर वरपरको क्षेत्र धाँजा फाटेर खेतीयोग्य जमिन र बस्ती जोखिममा परेको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मीले घरका सामग्री सार्न सहयोग गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर घारखोलाको सुरुङ खन्ने क्रममा भएको कम्पन्नको असर अहिले देखिन थालेको स्थानीयले बताएका छन् । रासस