७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

१८ डेरी उद्योगको खुला बिक्री–वितरणमा रोक

१८ डेरी उद्योगको खुला बिक्री–वितरणमा रोक
अ+ अ-

कर्णाली । वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो । वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भेषबहादुर थापाले मापदण्ड पूरा नगर्ने उद्योगलाई खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।

“डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न पाउँदैनन्, अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि ती उद्योगले खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।” यसअघि डेरी व्यवसायीले मङ्सिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले निर्देशिकाबमोजिम किसानदेखि डेरी व्यवसायीले पालना गर्नुपर्ने मापदण्डबारे सरोकारवालालाई तालिम अभिमुखीकरण दिँदै आएको छ । अनुगमनका क्रममा पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो । यसैबीच दर्ताबिनै सञ्चालनमा आएको एक बेकरी उद्योग पनि सिल गरिएको छ । कार्यालय प्रमुख थापाले वीरेन्द्रनगर–३ मा सञ्चालित पूजा बेकरी उद्योगले पटक–पटकको निर्देशका अवज्ञा गरेपछि सिल गर्नुपरेको जानकारी दिनुभयो ।