• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

घरमा यस ठाउँमा भुलेर पनि नराख्नुस् हनुमान जीको तस्बिर



एजेन्सी । मंगलबार मर्यादा पुरुषोत्तम भगवान श्रीरामका परम भक्त हनुमान जीको पूजा आराधना गरिन्छ ।

साथै जीवनका सबै दुःखबाट मुक्ति पाउन पनि व्रत बस्ने गरिन्छ । साँचो मनले हनुमानको पूजा गर्नाले सबै अशुभ काम पूरा भई जीवनमा सुख प्राप्त हुने जनविश्वास रहेको छ ।

वास्तुशास्त्रका अनुसार बजरंगबलीको तस्बिर भुलेर पनि बेडरूममा राख्नु हुँदैन । किनभने हनुमान जी बाल ब्रह्मचारी हुनुहुन्छ । यस कारण उनको तस्बिर बेडरूममा राख्नु अशुभ मानिन्छ । यसो गर्दा मानिसले आफ्नो काममा अवरोधको सामना गर्नुपर्ने हुन्छ ।

उडिरहेको हनुमानजीको तस्बिर घरमा राख्दा मानिसको उन्नतिको बाटो खुल्छ भन्ने विश्वास गरिन्छ । यदि तपाई पनि आफ्नो करियरमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने यस्तो तस्बिर घरमा पक्कै राख्नुहोस् ।

जीवनमा विश्वास, साहस र बल बढाउन हनुमानले पहाड उचालेको चित्र राख्दा मानिसमा हिम्मत आउने विश्वास गरिन्छ ।

वास्तुशास्त्र अनुसार पञ्चमुखी हनुमान जीको तस्बिर घरमा राख्नु धेरै शुभ मानिन्छ । मान्यता अनुसार हनुमानजीको यस्तो तस्बिर राख्नाले परिवारमा आउने कुनै पनि विपत्तिबाट बचाउँछ र जीवनमा आउने समस्याबाट मुक्ति मिल्छ ।

घरमा दक्षिण दिशामा फर्केर हनुमानजीको तस्बिर राख्नु पर्छ । यसो गर्नाले अशुभ शक्ति घरमा प्रवेश गर्दैन ।