२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा रविको क्लब भयो, महामन्त्री र प्रवक्ताबाट हटेको छैनः मुकुल ढकाल



अ+ अ-

काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट रास्वपालाई मुक्त गर्ने अभियान सुरु गर्ने बताउनु भएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दै ढकालले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट पदमुक्त नभएको दाबी गर्दे तथाकथित अनुशासन आयोगको अस्त्र प्रयोग गरेर निषेधको राजनीति गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘सभापति रवि लामिछानेको रवैयाकै कारण रास्वपाको यो हालत आईपुगेको छ ।’

उहाँले भन्नुभयो “देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।”

रास्वपा हाल रवि लामिछाने क्लबमा परिणत भएको आरोप लगाउनु भयो ।  रविप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका ढकालले नागरिकता, पासपोर्ट र सरकारी प्रकरणका बारेमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्नुभयो । उहाँले पार्टीभित्र आर्थिक अनियमिता हुने गरेको जनाउदै पार्टी अपरादर्शी हिसाबले चलेको बताउनु भयो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले रवि लामिछाने आम जनताले सोचे र चिनेजस्तो नभएको आरोप लगाउनुभयाे  । उहाँले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको जस्तो नरहेको बताउनुभयाे। “हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन,” ढकालले भन्नुभयाे ।