५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलाम्मे राजमार्गमा कष्टपूर्ण यात्रा



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड हिलाम्मे हुदा यत्रा कष्टकर भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचास्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा कष्टपूर्ण यात्रा गर्नुपरेको यात्रुहरुले गुनासो गरेका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई बर्षदेखि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिएपनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताउनुभयो ।

तस्बिर : राजकुमार पराजुली/रासस