२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले नेतृत्वले विपद्मा पनि सरकारलाई काम गर्न दिएनः सांसद हरि ढकाल



photo : RSS
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काँग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाउनुभएको छ ।

नयाँ सरकार आउँदैछ भनेर काँग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरुलाई असहयोग गर भनेर भनेको उहाँको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपदका यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै काँग्रेस एमालेप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भूटानी शरणार्थीको फाईल खोल्ने र दोषलाई पक्राउ गर्ने काम सरकारले गर्न शुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताउनु भयो ।

सांसद ढकालले भन्नुभयो, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरुलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्दार गर्नुपर्ने बेलामा यो विपदको घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ । यो चाहीँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बीचमा फाइल खोल, फाईल खोलको आवाज गुञ्जयमान हुँदै गर्दा भूटानी शरणार्थीको फाईल खुलेर बेचैन झा समात्तिने वित्तिकै समिकरणनै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठूला दलहरुले गरेको पनि बताउनु भयो ।