७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो
फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रिय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो । पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रिय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहीताको दफा ४ (१) को क,ख,च, प र फ एवं दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क,ख,ग,घ समेतको उल्लंघन भएको ठहर गरेको बताउनु भयो । उहाँले त्यसबाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रिय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखि निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको बताउनु भयो । उहाँले पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रिय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहीताको दफा ४ (१) को क,ख,च, प र फ एवं दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क,ख,ग,घ समेतको उल्लंघन भएको ठहर तथा सो बाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रिय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखि निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको छ । साथै पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रिय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरियो ।’

पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । —न्युज एजेन्सी नेपाल