६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय स्वतन्त्र पार्टीको अबको महामन्त्री को ?

राष्ट्रिय स्वतन्त्र पार्टीको अबको महामन्त्री को ?
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ महामन्त्री चयन गर्नेबारे छलफल गर्न केन्द्रीय समितिको बैठक आज बस्दैछ । महामन्त्री डा. मुकुल ढकाल कारबाहीमा पर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी थालिएको हो ।

आज बस्ने केन्द्रीय समिति बैठकले डा. ढकाललाई कारबाही गरी नयाँ महामन्त्री र प्रवक्ता चयन गर्ने तयारी गरेको हो ।

रास्वपामा सभापतिपछिको शक्तिशाली पद महामन्त्री हो । पार्टीको नीति निर्माणदेखि जिम्मेवारी बाँडफाँट र संगठनात्मक कामहरुमा महामन्त्रीको अहम् भूमिका हुन्छ । डा. ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

आज बस्ने बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना छ । यसका लागि पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो । ढकालको पद पुनःस्थापन नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

योसँगै रास्वपामा महामन्त्रीका लागि चार जनाले आकांक्षा देखाएका छन् । सबैभन्दा कडा लविङ सन्तोष परियारले गरिरहेका छन् । उनी रास्वपाका समानुपातिक सांसद र प्रमुख सचेतक हुन् । महामन्त्री पाएमा प्रमुख सचेतक त्याग्न उनी तयार रहेको बुझिएको छ । दलित समुदायको भएकाले समावेशीताको सन्देश दिनलाई पनि आफू महामन्त्री बन्नुपर्नेमा उनको जोड छ ।

हालका कार्यवाहक प्रवक्ता मनिष झाले पनि महामन्त्री बन्ने लालसा देखाएका छन् । परियारले जस्तै उनले पनि जातीय समावेशीता हुने भन्दै आफ्नो दावेदारी प्रस्तुत गरेको बताइएको छ ।

त्यसैगरी काठमाडौं क्षेत्र नं. २ की सांसद सोभिता गौतमको नाम पनि भावी महामन्त्रीको लागि चर्चामा छ । संसद र संसदीय समितिमा उनले प्रखर भूमिका निभाइरहेकी छन् । तार्किक क्षमता, कानूनी जानकार तथा बौद्धिकता उनका सबल पक्ष हुन् । संगठनात्मक जिम्मेवारीमा भने उनको अनुभव खासै छैन ।

महामन्त्रीका अर्का आकांक्षी कविन्द्र बुर्लाकोटी हुन् । हाल कार्यवाहक दिइएपछि उनको महत्वाकांक्षा बढेको छ । बुर्लाकोटीले पार्टीमा महत्वपूर्ण भूमिका पाइरहे पनि कार्यसम्पादनमा चुकिरहेका छन् । उनी संगठन विभाग प्रमुख पनि हुन्, तर संगठनमा खासै लोकप्रिय छैनन् ।

रास्वपामा बुर्लाकोटीबाहेक सुमना श्रेष्ठ र विपीन आचार्य पनि सहमहामन्त्री छन् । पदीय हिसाबले उनीहरूलाइ पनि महामन्त्रीको स्वतः दावेदारका रुपमा हेरिएको छ । यद्यपि उनीहरु दुवैले आकांक्षा देखाएका छैनन् ।