१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शान्ती बि.कले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद वि.कले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने,आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताउनु भयो ।

उहाँले काँगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री दाहालले कमजोरी ठान्नु गलत भएको बताउनु भयो । उहाँले सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ? सहकारीको अबौं हिनामिना काण्डले आफ्नै धोती खुस्किएर गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् । २६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमापूर्ण रुपमा प्रतिवद्ध र स्पष्टता छलकपट नगर्ने,आफ्नो वचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु । मलाई यो नाम माथि गर्व छ । यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी ठान्नुभयो । तर उहाँले बालकोटको बाटो देखाउने तपाईं नै हो । यसमा दलको नेताको कुनै दोष छैन । तपाई बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो ?’

उहाँले गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सहकारीको अर्बौं रकम हिनामिना काण्डमा मुछिएर हालत खराब भएका गृहमन्त्रीले गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत भएको बताउनु भयो ।