१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । नेदरल्यान्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो ।

खेलको ३५ औं मिनेटमा सामेट अकाइदिनले गोल गर्दै टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७० औं मिनेटमा स्टेफान डी भ्रिजले गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ७६ औं मिनेटमा मेर्ट मुल्दुरले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्स २–१ गोलले विजयी बन्यो । अब नेदरल्यान्ड्सले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।