काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिभएकोप्रति तीव्र असन्तुष्टी सुरु भएको छ । समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृति हावी भएको भन्दैं असन्तुष्टी जनाएका छन् ।
‘वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेसनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो, उनले भने ।
सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔं भन्दा सुनुवाई नभएको बताउँदैं समाजवादीको महाधिवेसन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दैं व्यंग्य गरे । समाजवादीको १६ असारदेखि काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेसनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।
तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेसनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेसन समापन गरेको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य पछि छान्ने गरी महाधिवेसन सकिएको हो ।
यसले नेतालाई टेष्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दैं अधिकांश प्रतिनिधीहरु पनि रुष्ट बनेका छन् ।