८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
अ+ अ-

काठमाडौं । जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई ११–८ को स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो ।
जाउलाखेलले उपाधिसँगै १५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा जाउलाखेलले विइनलाई १८–२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा डब्ल्युएसएले बीआईएलाई १२–६ को स्कोरमा पराजित गर्दै जाउलाखेलसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विइनलाई ४–० को स्कोरमा पराजित गर्दै बीआईएले पाँच हजार रुपैयाँ पायो । प्रतियोगितामा टप स्कोरर डब्ल्युएसएकी ज्योति अर्याल घोषित भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । मोस्ट भ्यालुएबल प्लेयर जाउलाखेलकी बबिता थापा चुनिइन् । उनीहरूले समान एक हजार रुपैयाँ र ट्रफी हात पारे ।

प्रतियोगिता समापन समारोहमा काठमाडौं महानगरपालिका ३० का वडाअध्यक्ष दलबहादुर कार्की, ग्यालेक्सी स्कुलकी प्रधानाध्यापक सुरिना गुरुङ, राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचर्यालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका ३० ले विषेश सहयोग गरेको थियो ।