११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव
अ अ+ अ-

लुम्बिनी: नेपाल कम्युष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक काम इमान्दारी साथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरेक काम अगाडि बढाउँदामात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । विद्यार्थीले नयाँ कुरा सिक्ने, ज्ञान र सीप प्राप्त गर्नेतर्फ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमताअनुसार अघि बढ्न विद्यार्थी र अभिभावकलाई सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले आफ्नो लक्ष्यप्राप्तिका लागि सधैँ इमान्दार भएर लाग्न आग्रह गर्दै जीवनमा कहिल्यै पनि घमण्ड गर्न नहुने बताउनुभयो । उहाँले अवसरको अभावमा धेरै विद्यार्थीको नतिजा राम्रो आउन नसकेको बताउँदै सरकारले यसमा ध्यान दिनु जरुरी छ भन्नुभयो ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीमा सामुदायिक र संस्थागत विद्यालयले कायम गरेको शैक्षिक गुणस्तरलाई थप उन्नत बनाउन सबै पक्षको संयुक्त प्रयास रहने बताउनुभयो । उहाँले रुपन्देही जिल्लालाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा क्षेत्रमा अनुकूल परिस्थिति निर्माण गरेर रोजगारीका अवसर सृजनाका साथै देशभित्रै उद्यमशीलताको विकासमा लाग्ने सङ्कल्पका साथ एमालेले मुलुकको नेतृत्व गर्ने अवस्था आएको बताउनुभयो ।

अनलाइन कक्षा सञ्चालन गर्ने

अध्यक्ष ओलीले यस वर्ष एसइईको  मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क  पढाइने बताउनुभयो ।

उहाँले आत्मविश्वासकासाथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई सुझाव दिनुभयो । अनलाइन कक्षामा अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित अध्यापन गराइने उहाँले बताउनुभयो ।

अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएका रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित रामपुर माध्यमिक विद्यालयका कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।रासस