२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल



अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्ने बताउनुभएको छ ।

बिहीवार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको चाहना पूरा हुनेगरी काम नयाँ बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताउनु भयो । उहाँले नयाँ बन्ने सरकारले सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने बताउनु भयो । उहाँले केही दिनभित्रै अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब तपाईंहरुले ठूलो आशा र भरोसाका साथमा, विश्वासको साथमा आफ्ना कदम अघि बढाए हुन्छ । नेपालमा सही शैक्षिक गुणस्तरको दृष्टिकोणले सबै प्रकारको अनुकुल परिस्थिति निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, देशभित्रै रोजगारी आर्जन गर्ने, उद्यमशिलताको विकास गर्ने, देशको समृद्धिका निम्ति काम गर्ने । एउटा सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने, त्यस खालको अनुकुल परिस्थिति निर्माण गर्ने संकल्पका साथमा हिजो मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीरहनुभएको थियो, त्यो बेलामा त्यो किसिमको परिस्थिति निर्माण गर्न धेरै हदसम्म सफल प्राप्त गर्नुभएको सम्मानित व्यक्तित्व केपी शर्मा ओलीज्यु यहाँ हुनुहुन्छ ।

उहाँको नेतृत्वमा केही दिनको अन्तरालमा जुन सरकार नेपालले प्राप्त गर्दैछ । त्यो सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्याको नयाँ उचाईबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको जुन चाहना छ, त्यो चाहना पूरा हुनेछ भन्ने विश्वासका साथमा अघि बढ्नुहोला ।’

उहाँले नयाँ बन्ने सरकारले सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने वातावरण निर्माण गर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल