२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने



अ+ अ-

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।

समितिका संयोजक सांसद सूर्य थापाका अनुसार समितिको आज बसेको बैठकले सिआइबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूचि रहेको जानकारी दिनुभयो ।

समितिले आज महालेखापरीक्षक तोयम राय, र सम्बद्ध अधिकारीहरू सम्पत्ति शुद्धीकरण बिभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरे लगायत अन्य अधिकारीहरुसंग नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा छलफल गरेको छ ।

थापाका अनुसार समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण समेत गराईएको छ । सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।