२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए

यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए
अ अ+ अ-

एजेन्सी । गत साता रिलिज भएको ‘कल्कि २८९८ एडी’ ले हालसम्म स्वदेशी तथा विदेशी बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

नाग अश्विनद्वारा निर्देशित यो फिल्म कुरुक्षेत्रको ६ हजार वर्षपछिको पोस्ट–अपोक्यालिप्टिक संसारमा आधारित छ ।

यस फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानी लगायतका कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।  यस्तै, फिल्ममा विजय देवरकोन्डा, दुल्कर सलमान, मृणाल ठाकुर, एसएस राजामौली र राम गोपाल वर्मा सहित धेरै आश्चर्यजनक क्यामियोहरू छन् ।

यी सबैको बीचमा के तपाईलाई थाहा छ यि धेरै कलाकारहरु मध्ये एक जनाले शुल्क नलिई कल्कि २८९८ मा काम गरेका छन् ।

न्युज १८ को रिपोर्ट अनुसार विजय देवरकोन्डाले ‘कल्की २८९८ एडी’ मा काम गरेबापत एक पैसा पनि लिएका छैनन् । फिल्ममा उनको अर्जुनको रूपमा सानो तर यादगार क्यामियो छ, फिल्ममा अर्जुनको उपस्थितिले अश्वत्थामा (अमिताभ बच्चन)सँग भैरव (प्रभास) को विगतको सम्बन्धलाई बुझ्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

‘कल्की २८९८ एडी’ मा अभिनेताको विशेष क्यामियोलाई फ्यानले निकै रुचाएका छन् । विजय यस पिरियड ड्रामामा पहिले कहिल्यै नदेखेको अवतारमा देखिएका छन् ।