६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भै रहेको बताउनु भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै उहाँले भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने आवश्यकता रहेको जनाउनु भयो । उहाँले भन्नुभयो भ्रष्टाचार राजनीतिको दाउपेज बन्न हुदैन भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ। ”

उहाँले भन्नुभयो अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा प्राप्त गर्न सकिएको छैन ।

उहाँले भन्नुभयो ‘मेरो र उसको नभनी सबैको पालामा प्रत्येक प्रकरणको छानबिन गर्ने र अख्तियारले पनि निष्पक्ष रूपमा अभियोजन र न्यूनीकरण गर्नुपर्छ । भ्रष्टाचार राजनीतिको दाउपेच बन्न हुदैन  । ”

तस्बिर-रासस