८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

५ ओभरमा ३० रन आवश्यक ६ विकेट हातमा, तर किन हार्यो दक्षिण अफ्रिका ?

५ ओभरमा ३० रन आवश्यक ६ विकेट हातमा, तर किन हार्यो दक्षिण अफ्रिका ?
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२४ को फाइनल वेस्ट इन्डिजको बार्बाडोसमा खेलिएको थियो । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

कुनै बेला दक्षिण अफ्रिकाले खेलमा अग्रता लिएको थियो र भारतको हार लगभग निश्चित मानिएको थियो । दबाबमा बिग्रनुको सट्टा भारतले पुनरागमन गर्दै रोमाञ्चक जित दर्ता गरायो ।

रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । तर, एक समय यो निर्णय गलत देखियो । भारतले पहिलो पावरप्लेमा रोहित, ऋषभ पन्त र सूर्यकुमार यादवको विकेट गुमाएको थियो ।

यहाँबाट कोहली र अक्षर पटेलले भारतीय इनिङ्सलाई सुधार गर्दै १७६ रनको स्कोरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाको सुरुवात पनि खराब रह्यो । हेनरिक क्लासेन र क्विन्टन डी ककले खेललाई आफ्नो पक्षमा राखेको थियो ।

विश्वकपको इतिहासमा पहिलो पटक फाइनल खेलेको दक्षिण अफ्रिकामाथि निकै दबाब थियो । बलिङ गर्दा खेलाडीहरूमा यसको दबाब स्पष्ट देखिन्थ्यो ।

फाइनलको दबाबका कारण दक्षिण अफ्रिकाका ब्याट्सम्यानले गल्ती गरे र त्यसको फाइदा भारतले उठायो । ८.५ ओभरमा दक्षिण अफ्रिकाले ट्रिस्टन स्टब्सको विकेट गुमायो । उनले ‘सिल्ली शट’ खेलेर आफ्नो विकेट गुमाए । अक्षर पटेलले एकै टिमबाट आईपीएल खेल्ने (दिल्ली क्यापिटल्स)का स्टब्सलाई आउट पारे । स्टब्स २१ बलमा ३१ रन जोडेर पेभिलियन फर्किए ।

सुरुवाती विकेट गुमाएपछि क्विन्टन डी कक र हेनरिक क्लासेनले इनिङ्सलाई सम्हालेका थिए । पछि डेभिड मिलरले टोलीलाई जितको दौडमा पुर्याए ।

१५ ओभरमा दक्षिण अफ्रिकाको स्कोर १४७र४ थियो । अन्तिम ३० बलमा ३० रन आवश्यक थियो । हेनरिक क्लासेन आउट हुनेबित्तिकै टोली दबाबमा आयो र पराजित भयो । डेभिड मिलर क्रिजमा हुँदासम्म अफ्रिकाको आश जिवितै थियो । उनी ठूला शट खेलेर बललाई बाउन्ड्री पार गराउने खुबी राख्छन् । १९.१ ओभरमा हार्दिक पाण्ड्याले मिलरको विकेट लिए ।

मिलरले ठूलो शट खेलेर छक्का प्रहार गर्न चाहन्थे । बल बाउन्ड्री बाहिर जाने पनि देखिन्थ्यो । तर सूर्यकुमार यादवले उत्कृष्ट क्याच गर्दै मिलरलाई आउट पारे । मिलरको विकेट पतन नै दक्षिण अफ्रिकाको हार बन्यो । त्यसअघि १७ औं ओभरमा जसप्रित बुमराहले मार्को यानसेनको विकेट लिई दुई रनमात्रै दिएपछि पनि भारत खेलमा फर्किएको थियो ।