२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण



अ+ अ-

काठमाडौं । नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् ।

काठमाडौं महानगरपालिका वडा ८ वनकालीमा रहेको वेदविद्याश्रम संस्कृत माविले उत्कृष्ट नतिजा ल्याएको हो । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार वेद विद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन् ।

वेद विद्याश्रमबाट एसईईमासहभागी २४ जना विद्यार्थीमध्ये १५ जनाले ३.६५ माथि र बाँकी ९ जनाले ३.६० जिपिए ल्याएर उत्तीर्ण भएका हुन् ।

२०३१ सालमा स्थापना भएर पठनपाठन शुरूवात भएको यो विद्यालयले संस्कृत शिक्षालाई अग्रगामी रूपमा अगाडि बढाइरहेको छ । २०४३ सालबाट माध्यमिक शिक्षा परीक्षामा यस विद्यालयका विद्यार्थीहरू सहभागी हुन थालेका हुन् ।

छात्रा वाससहितको सुविधा रहेको विद्यालयमा ७७ जिल्लाका १०८ जना छात्र बस्दै आएका छन् ।




भर्खरै