१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग

विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको शुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गर्नुभयो । उहाँले सरकारले ठूला–ठूला कुरा गरेर मात्रै नहुने भन्दै डुबानमा परेका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विराटनगर अहिले जलमग्न छ । बाढीले गर्दा विराटनगरमा कुनै किसिमको आवत्जावत् गर्ने स्थितिमा छैन । सरकारले कसरी त्यसको व्यवस्थापन गर्ने ? कसरी चाँडै उद्धार गर्ने ? त्यो कुराको ध्यान दिइराखेको छैन । सरकारलाई विशेष ध्यान दिन भन्न चाहन्छु कि कुराले चिउरा भिज्दैन । त्यसको निम्ति दहि, मोही चाहिन्छ । सरकारले तुरुन्त त्यहाँको उद्धार गर्नुपर्‍यो । ठुला ठुला कुरा गरेर भएन । बस्ती डुबेको छ । त्यो कुराको व्यवस्थापन सरकारले तुरुन्त गर्नुपर्‍यो । विराटनगरमा पानीको निकासका लागि कम बजेट विनियोजन हुँदा वर्षेनी समस्या आउने गरेको छ ।’

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा पोहोर गएको विपद्को क्षतिपूर्ति र राहत आजसम्म नपाएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने बताउनु भयो । उहाँले जनताको पुन:स्थापना गर्ने र जनतालाई राहत दिने फाइलहरु खोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एक वर्षसम्म गृहमन्त्रालयको विपद् प्राधिकरण अन्तर्गत हुने काममा अहिलेसम्म केही भएको छैन । ति घरहरुलाई व्यवस्थापन गर्न र विपद्बाट पीडितहरुलाई स्थानान्तरण गर्न अथवा पुन:वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु । एक वर्ष अगाडी ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा भएका विपद्का फाइलहरु गृहमन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, तपाई फाइल धेरै हेरिरहनुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरु, जनतालाई राहत दिने फाइलहरु, पुन:स्थापना गर्ने फाइलहरु ति फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस् ।’

प्रतिनिधि सभा सदस्य किरण शाहले विपद्मा परेर नागरिकको मृत्यु भइरहँदा र बिस्थापित भइरहँदा मन्त्रीहरु भने मिशन ०८४ मा व्यस्त भइरहेका बताउनु भयो । उहाँले मधेश प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेका भन्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘गत वर्ष प्राकृतिक प्रकोपले कम्तिमा ५० जनाको मृत्यु भएको र सयौँ जना बिस्थापित भएका थिए । यस वर्ष पनि मृत्यु र विस्थापितको क्रम जारी छन् । मन्त्रीहरु भने मिशन ०८४ मा व्यस्त छन् । यो निकै दु:खद् हो । मधेस प्रदेशका केही भूभागहरु डुबानमा परेको छ । मृत्युवरणमा परिसकेको छ । उद्धार गर्न जरुरी देखिएको छ ।’

आकस्मिक समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रमा विपद्का कारण जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुन:स्थापनाको माग गरेका थिए ।