२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त



अ+ अ-

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा चलिरहेको पानी सङ्कटलाई लिएर दिल्ली सरकारका जल मन्त्री आतिशीको अनिश्चितकालीन भोक हडताल उहाँको स्वास्थ्य बिग्रिएर अस्पतालमा भर्ना भएपछि मङ्गलबार समाप्त भएको छ ।

जल मन्त्रीलाई उहाँको रगतमा सुगरको मात्रा –३६ मा झरेको कारण स्थानीय अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ । आम आदमी पार्टीका अनुसार आतिशीले विगत पाँच दिनदेखि केही खानु भएको छैन ।

दिल्लीमा गर्मीको लहरको बीचमा आतिशीले देशको प्रधानमन्त्री नरेन्द्र मोदीलाई चलिरहेको पानीको अभावबारे पत्र लेखेर सहज पानी प्राप्तीको माग गर्दै जुन –२१ मा भोक हडताल सुरु गर्नु भएको थियो ।

उहाँले छिमेकी हरियाणाले दिल्लीलाई पर्याप्त पानी नदिएकाले पानीको सङ्कट उत्पन्न भएको जनाउदै आउनु भएको थियो ।