११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छः अध्यक्ष दाहाल

पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छः अध्यक्ष दाहाल
तस्बिर: प्रदीपराज वन्त/रासस
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभयो ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गर्नुभयो । “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ”, उहाँले भन्नुभयो ।

राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति आफूहरू जहिल्यै पनि इमान्दार रहेको जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताउनुभयो । माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताउनुभयो । “महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ”, उहाँले भन्नुभयो ।

देशमा रहेको विविधताका आधारमा नयाँ राष्ट्रिय एकताका लागि आत्मनिर्णयको अधिकारसहितको विशेष व्यवस्था गर्न विगतमा पार्टीले भूमिका बारे उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद् र सडकको मोर्चाबाट पनि फेरि एकपटक पार्टीलाई नयाँ उचाइमा लैजाने बताउनुभयो । त्यसका लागि पार्टीका मोर्चालाई बलियो बनाउने र अभियानको रूपमा जनतासँग जोड्न सकरात्मक, रचनात्मक र ऐतिहासिक सङ्कल्प सुरु गरिसकेको छु उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले काठमाडौँ उपत्यकाका नेवार समुदाय र आसपासका तामाङ समुदायबाट भएको त्याग, तपस्या र बलिदानले मुलुकमा गणतन्त्र सम्भव भएको स्पष्ट पार्दै संविधान जारी भएपछि निष्क्रिय रहेका पार्टीका जातीय मुक्ति मोर्चा पुनः सक्रिय हुन थालेका बताउनुभयो । उत्पीडित जाति तथा क्षेत्रलाई आन्दोनलमा केन्द्रित गरी युद्धलाई अघि बढाइएको स्मरण गर्दै उहाँले उनीहरुको माग र मुद्दालाई जनयुद्धको अभिन्न अङ्ग बनाएर गोलबन्द गरेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका तामाङ समुदायले जनयुद्धमा बलिदानीपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी चिल हो, कुुखुराजस्तो आँगनबाट उडेर दलानमा मात्र पुग्ने होइन, समयको माग र आवश्यकतानुसार चिलले जस्तै बेगमा जान सक्छ ।”

बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि विचारको खोजी र मन्थन गरिरहेको जनाउँदै उपाध्यक्ष सापकोटाले जस्तो राजनीति त्यस्तै कार्यदिशा हुने भएकाले पार्टीले स्वतन्त्रता, न्याय र समृद्धिको आधारका रूपमा समाजवादको मार्गलाई अङ्गीकार गरी अगाडि बढिरहेको बताउनुभयो ।

उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुनले नेपाल विविधतायुक्त देश भएकाले राजनीतिलगायत राज्यका सबै संरचनामा जातीय, भाषिक र सांस्कृतिक विविधता देखिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कुनै पनि राजनीतिक दलले देशको इतिहास र गौरवलाई सम्मान गर्नुपर्छ । पार्टीको विगतको युद्धले उत्पीडित जातजातिलाई जागरुक र गोलबन्द बनाएको छ । जनवादी क्रान्तिले उठाएका मुद्दालाई आत्मसात् गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने पक्षलाई नजरअन्दाज गर्दै आलोचना र गुनासो मात्र गर्न हुँदैन भन्दै पुनले पार्टीले उठाएका बाँकी मुद्दालाई वैज्ञानिक र वस्तुगत ढङ्गले पूरा गर्नेतर्फ सबैको जोडबल आवश्यक रहेको बताउनुभयो ।

प्रदेश र स्थानीय तहमा निर्वाचित पदाधिकारीले पार्टीको उद्देश्य र जिम्मेवारीलाई पूरा गर्ने सन्दर्भमा पछि परेको वर्ग समुदाय र उत्पीडितको पक्षमा कानुन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै उपमहासचिव पुनले धनी र गरिबबीचको खाडल घटाउने, पुराना ज्ञान र सीपलाई वैज्ञानिक र आधुनिकतासँग जोडेर लैजान सक्नु नै समाजवाद भएको स्पष्ट पार्नुभयो ।

सांसद मीना तामाङले जनयुद्धका समयमा पार्टीले उठाएका मुद्दा र गरेको दिशानिर्देशलाई कार्यान्वयन गर्न सकिए वर्गीय र जातीय मुक्ति सम्भव रहेको बताउनुभयो ।

माओवादी केन्द्रको भातृ सङ्गठन तामाङ मुक्ति मोर्चा नेपालले ‘पूर्ण ताम्सालिङ प्रदेश स्थापना गराँै, समाजवादी क्रान्तिको बाटोमा अघि बढाँै’ भन्ने मूल नाराका साथ दुई दिवसीय सातौँ राष्ट्रिय महाधिवेशन गरिरहेको छ । महाधिवेशन आयोजक समितिका अध्यक्ष एवं सांसद सूर्यमान दोङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोनलमा तामाङ जातिले गरेको योगदानको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, उपाध्यक्ष सापकोटा, उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतलाई सम्मान गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको छ प्रतिशत रहेका तामाङ समुदायको काठमाडौँ उपत्यका आसपास र बागमती प्रदेशमा सघन बसोबास रहेको छ । रासस