११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ

कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ
अ अ+ अ-

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको जिसीले बताउनुभयो ।

खाँले सुन ओसारपसार कार्यमा सन्तोष परियार र अञ्जिल गुरुङको पनि संलग्नता रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । रासस