२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको दुई वर्ष पार गरेको छ । दुई वर्ष अघि अर्थात् २०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा घोषणा गरेको हो ।

रास्वपा स्थापनाको ६ महिनामै भएको संघीय संसद्को चुनावमा उल्लेख्य सफलता हात पारेको थियो । संसद्को चौथो ठूलो दलका रुपमा अनपेक्षित रुपमा उदाएको रास्वपाको स्पष्ट राजनीतिक नीति भने छैन । रास्वपाको संगठन पनि मजबुद छैन । तर जनतामा पार्टीप्रतिको विश्वास भने कायमै छ ।

पार्टी घोषणा भएको दुई वर्षमा दुई पटक नै सत्तामा पुगेका रास्वपाले पार्टीभित्र प्रजातान्त्रिक अभ्यास गर्न सकेको छैन । तदर्थ समितिबाट पार्टी सञ्चालित छ । महाधिवेशन गर्ने र नयाँ नेतृत्व चयन गर्नेबारे पार्टीमा अहिलेसम्म छलफल भएको छैन ।

दुई वर्षसम्म रास्वपाका कुनै पनि पार्टी संरचनाले पूर्णता पाएका छैनन् । १२१ सदस्यीय केन्द्रीय समितिमा अहिले ६५ जनामात्र सदस्य छन् । २१ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा पनि १२ जना मात्रै छन् । कर्णाली प्रदेशका १० र गण्डकीका २ (मनाङ र मुस्ताङ) गरी १२ जिल्लामा रास्वपाका जिल्ला कमिटीहरु सम्म छैनन् ।

पार्टी सदस्यलाई संगठित गरेर अधिवेशनमार्फत् नेतृत्व विकास गर्न भने रास्वपा दुई वर्ष बित्दा पनि असफल नै रह्यो । पार्टी सभापति लामिछाने सत्ता र निजी विवादमा अल्झँदा प्रथम महाधिवेशन नै हुन सकेको छैन ।

गत मङ्सिरदेखि वडा अधिवेशन थालेको रास्वपाले सात महिना लगाएर करिब ३ सय वडा अधिवेशन मात्र सकेको छ ।