१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले समानुपातिक रुपमा बजेट विनियोजन गरेको छ: प्रधानमन्त्री दाहाल

सरकारले समानुपातिक रुपमा बजेट विनियोजन गरेको छ: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा एमाले सांसद ठाकुर गैरले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट सकेसम्म समानुपातिक ढङ्गले विनियोजन गरिएको दाबी गर्नुभयो । उहाँले जनताका माग सम्बोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरीको बजेट कार्यान्वयन गरिने बताउनु भयो ।

उहाँले बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने नभएको बताउनु भयो । उहाँले बजेटलाई आगामी दिनमा थप परिमार्जन गर्न जोड दिइने बताउनु भयो । उहाँले बजेट निर्माणमा सांसदहरुको सामुहिक छलफल गर्ने भने पनि विभिन्न राजनीतिक घटनाक्रमले बजेटका विषयमा सरकारले चाहेजस्तो गर्न नसकिएको कुरा सत्य भएको भन्दै स्वीकार गर्नुभयो । उहाँले सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस भन्ने उद्देश्यले संघ प्रदेश र स्थानीय तहमा आयोजनाहरु बीच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने,मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट गर्ने पक्षमा अहिले पनि स्पष्ट र दृढ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ प्रदेश र स्थानीय तहमा आयोजनाहरु बीच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने ,मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट गर्ने पक्षमा अहिले पनि स्पष्ट र दृढ रहेको भन्न चाहन्छु । वित्तीय हस्तान्तरण अन्तरगत ससर्त अनुदान तर्फका आयोजनाहरु सम्पन्न गर्नको लागि केही आयोजना तथा कार्यक्रमहरुमा कम रकम देखिए पनि ३ करोड रकम भन्दा कम विनियोजन भएका आयोजनाहरुलाई प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्ने गराउने जानकारी गराउन चाहन्छु । सरकारले बजेट तर्जमा गर्दा प्रचलित कानून,बजेट तर्जुमा दिगदर्शन तथा स्वीकृत प्रणाली अनुरुप अर्थ मन्त्रालय र विषगत मन्त्रालयहरुबाट हुने गर्दछ । जनताका माग सम्बोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी कार्यान्वयन गरिने छ । बजेट तथा योजना लैजान मन्त्री नै बन्नु पर्ने हाइन । सकेसम्म समानुपातिक ढङ्गले बजेट विनियोजन गरिएको छ । आगामी दिनमा परिमार्जन गर्न जोड दिइनेछ । बजेट निर्माणमा सबै माननिय ज्यूहरुको सामूहिक छलफल गर्ने भनेको थिए । विभिन्न राजनीतिक घटनाक्रमले बजेटका विषयमा सरकारले चाहेजस्तो गर्न नसकिएको कुरा सत्य हो । फेरी पनि त्यही रुपमा लैजाने कोशिस गरिन्छ ।’

उहाँले वित्तीय हस्तान्तरण अन्तरगत ससर्त अनुदान तर्फका आयोजनाहरु सम्पन्न गर्नको लागि केही आयोजना तथा कार्यक्रमहरुमा कम रकम देखिए पनि ३ करोड रकम भन्दा कम विनियोजन भएका आयोजनाहरुलाई प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्ने गराउने जानकारी गराउनु भयो । उहाँले सरकारले बजेट तर्जमा गर्दा प्रचलित कानून,बजेट तर्जुमा दिगदर्शन तथा स्वीकृत प्रणाली अनुरुप अर्थ मन्त्रालय र विषगत मन्त्रालयहरुबाट भएको बताउनु भयो ।