२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं

अभिषेक बच्चनले १५ करोडमा ६ वटा अपार्टमेन्ट किने

अभिषेक बच्चनले १५ करोडमा ६ वटा अपार्टमेन्ट किने
अ अ+ अ-

एजेन्सी । अभिनेता अभिषेक बच्चनले मुम्बईमा १५ करोडको ६ वटा अपार्टमेन्ट किनेका छन् । अभिनेताले यो लगानी बारिवलीको ओबेरोय स्काई सिटी प्रोजेक्टमा गरेका हुन् ।

यी ६ वटा अपार्टमेन्टको संयुक्त क्षेत्रफल ४ हजार ८९२ स्क्वायर फिट रहेको छ, जसलाई अभिनेताले ३१ हजार ४९८ रुपैयाँ प्रति वर्गफुटमा खरिद गरेका छन् ।

मनी कन्ट्रोलको प्रतिवेदनका अनुसार यो बिक्री सम्झौता मे महिनामा भएको हो । यी सबै ६ वटा अपार्टमेन्ट बोरिवली पूर्वमा वेस्टर्न एक्सप्रेस हाइवे छेउमा रहेको भवनको ५७ औं तलामा छन् । दर्ता कागजातहरूले देखाउँछ कि छवटा अपार्टमेन्टहरू मे २८, २०२४ मा दर्ता भएका थिए, जसमा १० कार पार्किङ सुविधा रहेको छ ।

यी छवटा अपार्टमेन्टमध्ये दुई वटा २५२ स्क्वायर फीट आकारका छन्, जबकि दुईवटा अपार्टमेन्ट लगभग १,१०० वर्ग फिटमा फैलिएका छन् । बाँकी दुई अपार्टमेन्टहरू १०८४ वर्ग फिटमा फैलिएका छन् ।

अभिषेकले ओबेरोय रियल्टी अपार्टमेन्टमा पनि लगानी गरिसकेका छन् । २०२१ मा, उनले ओबेरोय रियल्टीको प्रोजेक्ट ुओबेरोय ३६० वेस्टु को वर्ली, मुम्बईमा ४५.७५ करोडमा एउटा अपार्टमेन्ट बेचे ।

उनले यो अपार्टमेन्ट सन् २०१४ मा ४१ करोड रुपैयाँभन्दा बढीमा किनेका थिए । अहिले उनले सोही डिलरबाट करिब १५ करोडमा ६ वटा अपार्टमेन्ट किनेका छन् ।

कामको कुरा गर्दा हालै रिलिज भएको ‘घुमर’ मा अभिषेक क्रिकेट प्रशिक्षकको भूमिकामा देखिएका थिए । उनको आगामी फिल्म ‘बी ह्याप्पी’ हो । यसबाहेक उनी निर्देशक सुजित सरकारको अनटाइटल फिल्ममा पनि देखिनेछन् ।