७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले दुध किसानलाई वक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार बिहान वक्यौता रकम माग गर्दै काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद सिंहले उनीहरुलाई तत्काल रिहा गर्न पनि सरकारलाई दवाव दिनुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो मन्त्रालयको बजेट न्युन रहेको भन्दै आपत्ति जनाउनु भयो । मुलुकलाई चिनाउने भरपर्दो माध्याम खेलकुद भएपनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो ।

उहाँले भन्नुभयो, ‘सर्वप्रथम त म दुध किसानहरुलाई सरकारले दमन गरेर, पक्राउ गरेर राखेका छन् । उनीहरुलाई तुरुन्त रिहा गरी उनीहरुको बाँकि रकम चाँडो से चाँडो उपलब्ध गराई दिनका लागि म सरकारलाई अनुरोध गर्न चाहन्छु । नेपालीहरुलाई विश्वभर चिनाउने खेलकुद नै हो । नेपालीहरुलाई पनि एकतावद्ध बनाएर राख्ने खेल नै हो । आज विदेशमा पनि हजारौं नेपालीहरुले नेपाली खेल हेर्नका लागि हजारौंको संख्यामा गएको हामीले देखेका छौं । आज यो देशमा राष्ट्रियताका लागि केही चिज बाँकि छ भने त्यो भनेको खेलकुदनै हो । सरकारले यो खेलकुद मन्त्रालयलाई जुन बजेट ल्यायो । त्यो नगन्य छ । ’

सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।