७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले पुराना पार्टीहरु हतियार उठाएरै आएपनि उनीहरुमाथि कुनै मुद्दा नभएको बताउनु भयो । माओवादीहरु जनयुद्धमा हतियार उठाएर आएपनि उनीहरु प्रति कुनै मुद्दा नभएको भन्दै मधेशीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन । मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो । त्यसैले आजभोलि जुन घटनाहरु भइरहेको छ । त्यो कुनै नौलो घटना होइन । त्यो राज्यको चरित्र हो । र अदालतको पनि त्यही चरित्र हुन्छ । जो राज्यको चरित्र हुन्छ । किनकी राज्यको अङ्ग हो अदालत पनि । राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन । त्यसैकारण अदालतको फैसलामा पनि त्यही देखिन्छ । यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन् । माओवादी तपाईहरु जनयुद्ध गरेर नै आउनुभएको छ । तर बताउन सक्नुहुन्छ ? उनको कुनैमाथि मुद्दा छ ? कसैको माथि मुद्दा छ ? आन्दोलन गरेर आएका ? हतियार नै उठाएर आएका ? छैन । अनि मधेशीहरु माथि नै किन ? मेरो यो प्रश्न ।’

उहाँले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरु कुनै नयाँ घटना नभएका बताउनु भयो ।