२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ?



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरुमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले पुराना पार्टीहरु हतियार उठाएरै आएपनि उनीहरुमाथि कुनै मुद्दा नभएको बताउनु भयो । माओवादीहरु जनयुद्धमा हतियार उठाएर आएपनि उनीहरु प्रति कुनै मुद्दा नभएको भन्दै मधेशीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन । मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो । त्यसैले आजभोलि जुन घटनाहरु भइरहेको छ । त्यो कुनै नौलो घटना होइन । त्यो राज्यको चरित्र हो । र अदालतको पनि त्यही चरित्र हुन्छ । जो राज्यको चरित्र हुन्छ । किनकी राज्यको अङ्ग हो अदालत पनि । राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन । त्यसैकारण अदालतको फैसलामा पनि त्यही देखिन्छ । यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन् । माओवादी तपाईहरु जनयुद्ध गरेर नै आउनुभएको छ । तर बताउन सक्नुहुन्छ ? उनको कुनैमाथि मुद्दा छ ? कसैको माथि मुद्दा छ ? आन्दोलन गरेर आएका ? हतियार नै उठाएर आएका ? छैन । अनि मधेशीहरु माथि नै किन ? मेरो यो प्रश्न ।’

उहाँले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरु कुनै नयाँ घटना नभएका बताउनु भयो ।