१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच
अ अ+ अ-

सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ ।

सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर परेको छ । दुर्घटनाको जोखिम उत्तिकै बढेको स्थानीयवासी बताउँछन् । “दिनानुदिन आँप व्यापारीहरुले सडक क्षेत्र मिचेका छन् । यसले गर्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको जोखिम बढिरहेको छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले भन्नुभयो, “व्यापारीलाई हामीले कारबाही गर्न मिल्दैन । स्थानीय बजार व्यवस्थापनको जिम्मेवारी पालिकाको भएकाले लहान नगरपालिकासँग समन्वय गरी सवारी आगमन सहज बनाउन पहल गरिरहेका छौँ ।”

स्थानीय व्यापारीहरु भने आँप खरिद बिक्रीका लागि व्यवस्थित ठाउँ नतोकिँदा सडक पेटीमै बसेर बिक्रि गर्न बाध्य भएको बताउँछन् । “आँप बिक्री गर्ने उपयुक्त ठाउँ तोकिएको भए त्यहाँ राखेर बिक्री गर्नुहुन्थ्यो । सडक पेटीमा बसेर आँप बेच्न नगरपालिकालाई कर तिरिरहेका छौँ,” स्थानीय व्यापारी रविन महतोले भन्नुभयो । उहाँले  नगरपालिकाले व्यवस्थित ठाउँ बनाई दिए सहज हुनेसमेत बताउनुभयो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न  लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ सुरु गरिएको छ । आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ तथा बजारीकरण गरी लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादीरहित शुद्ध आँप उपभोग गर्ने वातावरण मिलाइरहेको नगरपालिकाले जनाएको छ, तर स्थानीय बजार व्यवस्थापन गर्न नसक्दा व्यापारी, उपभोक्ता तथा यात्रुले समस्या खेप्नु परेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताउनुभयो ।

“नजिकै खाली जग्गा नहुँदा समस्या भएको छ,” प्रमुख हलुवाईले राससलाई भन्नुभयो, “व्यवस्थित बजार बनाउन सम्भव भइरहेको छैन । हामी यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उपाय खोजिरहेका छौँ । अहिले आँप खरिद बिक्रि भइरहेको ठाउँलाई पनि सडक क्षेत्रमा असर नपुग्ने गरी कम्तीमा दश फिट पछाडि सार्न सकिन्छ । त्यसका लागि पहल गरिरहेका छौँ ।”

लहान बजारको उत्तरतर्फ खुट्टीखोला किनारमा नगरपालिकाले लामो समयदेखि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक साताको सोमबार र शुक्रबार दुई दिन हाटबजार लाग्ने सो स्थान बढ्दो जनघनत्वसँगै साँघुरो भएको हो । त्यसैले पूर्व—पश्चिम राजमार्गमा तरकारी तथा आँप व्यापारीले सडक ढाक्ने गरेको स्थानीयवासी सन्तोष गुप्ताको भनाइ छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले पकेट क्षेत्रका रुपमा उत्पादन हुने लहानको आँप बजारलाई व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउनुभयो । “हामीसँग राजमार्ग क्षेत्रमा सार्वजनिक जग्गा अभाव छ । निम्नवर्गका सर्वसाधारणले सडक क्षेत्रमै साना व्यवसाय गरेर आयआर्जन गर्ने गरेकाले व्यवस्थापनमा चुनौती देखिएको छ,” मेयर चौधरीले भन्नुभयो, “तसर्थ चाँडै सडकक्षेत्र मिचिएर राखिएका आँपको व्यवस्थापनका लागि ठोस नीति बनाएर उचित विकल्प दिने गरी अघि बढ्छौँ ।” रासस