१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

आरोपीको साथबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाईएको छैन ।