७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जिडिपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताउनु भयो । उहाँले सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइरहेको भएपनि त्यसअनुसार बजेट नआएको बताउनु भयो । उहाँले जनताको क्रय शक्ति धेरै घटेको बताउनु भयो । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जम्मै जिडिपीको वृद्धिदर सुस्त छ । मुद्रास्फिती उच्च छ । बेरोजगारी बढ्दो छ । महत्वपूर्ण राजश्व चुनौतिहरु छन् । सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइ रहेका छन् । तर सुधार प्रक्रिया सुस्त छ । र संरचनात्मक समाधान गर्नु र आर्थिक वृद्धिको लचिलोपन सुधार गर्नुमा निर्भर हुनेछ । यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । जनताको क्रय शक्ति स्वात्तै घटेको छ । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन ।’

‘आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन । अहिलेको बजेटमा यसको निराकरणका उपायहरु केही पनि लिएको छैन । यो गैरजिम्मेवारीपनाको पराकाष्टा हो । ६ खर्ब बराबरको बजेट घाटा यो बजेटमा देखाइएको छ । यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फितीको अवस्था कायम भइ देशमा आर्थिक अराजकता मात्रै नभइ चरम सामाजिक विकसंगति पनि बढ्न सक्छ । वैदेशिक मन्त्रीको वर्तमान अवस्थामा न त वैदेशिक अनुदान, न त वैदेशिक ऋण, न त आन्तरिक ऋणले बजेटमा देखाइएअनुसारको न्युन पूर्ति गर्नसक्ने अवस्था छ ।’

उहाँले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाउनु भयो ।