१७ श्रावण २०८३, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जलि राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान शिखरभन्दा माथि: साहस, समर्पण र अमरताको आरोहण विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईंले विदेशी संसद् परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

‘अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ । यो पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।’ उनले भने ।

उनले थप भने – ‘म सन् २००६ मा अमेरिकाको कंग्रेसम्यानको अफिस गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने, घुम्ने वा पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ,त्यहाँ डेमोक्र्याटहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्, रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ ।’

यस्तै, उनले लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा जाँदा पनि त्यहाँ बार देखेको अनुभव समेत सुनाए ।