७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा

ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा
अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा गरेको हो । स्थापनाकालदेखि हालसम्म ग्राण्डी अस्पतालले ३१ हजार ९०० बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको अस्पतालका सहनिर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो । सो अस्पतालले कोभिड सङ्क्रमणको समयमा ६० हजार बिरामीको उपचार गरेको छ भने एक हजार १८२ बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । 

अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । “नाफा कमाउनभन्दा सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले अस्पताल सञ्चालन गरेका हौँ, सामूहिकरूपमा काम गरेमा हामी सफल हुन्छौँ, ग्राण्डीलाई सफल बनाउने जिम्मा अस्पतालका डाक्टर, नर्स र कर्मचारीको हो”, उहाँले भन्नुभयो । मुलुकमा राम्रो स्वास्थ्य सेवा केन्द्र नभएको अवस्थामा विदेश तथा नेपालमा पढेका डाक्टरलाई यहीँ रोजगारी दिऔँ र उपचारका लागि कोही पनि नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले ग्राण्डी अस्पताल स्थापना गरिएको अध्यक्ष कुँवरको भनाइ छ । 

अस्पताल सञ्चालक समितिका सदस्य वीरेन्द्रबहादुर श्रेष्ठ, विजयराज भण्डारी, अस्पतालका सल्लाहकार राजन शर्मालगायतले उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालले कन्जुस्याईं गर्न नहुनेमा जोड दिनुभयो । बिरामीको खुशी नै अस्पतालको खुशी भएकाले बिरामीलाई खुशी बनाउने गरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।  अस्पतालका नर्सिङ प्रमुख एनडी महर्जनले ग्राण्डी अस्पतालले नर्सलाई विशिष्टीकृत तालीम प्रदान गरेर काममा लगाउँदै आएको उल्लेख गर्नुभयो । 

‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ सन् २०१० जनवरी ३ मा स्थापना भएको ग्राण्डी अस्पतालले हाल एक हजार व्यक्तिलाई प्रत्क्षय तथा अप्रत्क्षयरूपमा रोजगारी प्रदान गर्दै आएको छ । उक्त अस्पतालले २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डी अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि सरकारको निर्देशन पालना गर्दै १८ शय्याको सघन उपचार कक्षसहित ५४ शय्या छुट्याएर कोरोना बिरामीको उपचार गरिरहेको अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिनुभयो । अस्पतालको आठौँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।