६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे



अ+ अ-

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् ।

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा कार्टुन पनि राखिएको छ । देशको अवस्था झल्कने कलाकृतिको बाहुल्यता देख्न सकिन्छ । राहदानी बनाएर विदेश जान विमानस्थलमा लाम लाग्ने अवस्थालाई कलाकृतिका माध्यमबाट देखाइएको छ । नेपालको वर्तमान अवस्थालाई देखाइएका यस्ता कलाकृतिलाई दर्शकलाई आकर्षित गरेका हुन् ।

यस वर्षको प्रदर्शनीमा सुरेश लवट ९तुलाधर० को २१ तारा शीर्षकको काठको मूर्ति पहिलो भएर सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेको छ । एक सय आठ सेन्टिमिटर उचाइको उक्त कलाकृतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

प्रदर्शनीमा आध्यात्मिक भाव झल्काउने कलाकृति पनि यथेष्ट मात्रामा राखिएका छन् । रसुवाका कलाकार सुवास आचार्यले सूर्य विष्फोट भएर ग्रह, तारा बनेको अवस्थालाई कलाका माध्यमबाट प्रस्तुत गर्नुभएको छ । सृष्टिलाई देखाउने यस्ता कलाकृतिमा पनि अवलोकनकर्ता धेरै बेर घोत्लेर हेर्ने गरेका देखिन्छ । प्रतिष्ठानले विसं २०६८ देखि नै गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनी अवलोकन गर्ने दर्शक प्रत्येक वर्ष बढ्न थालेका प्रतिष्ठानले जनाएको छ । रासस