७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

सखडेश्वरी, महिषमर्दिनी, सखडा वा छिन्नमस्ता, अनुसन्धानकाे प्रतीक्षामा

सखडेश्वरी, महिषमर्दिनी, सखडा वा छिन्नमस्ता, अनुसन्धानकाे प्रतीक्षामा
अ+ अ-

हिमांशु चाैधरी र अरूण कुमार यादव

जनकपुरधामः प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको नाम सन्दर्भमा अनुसन्धान आवश्यक देखिएको छ । जनमानसमा सखडेश्वरी, महिषमर्दिनी, छिन्नमस्ताजस्ता नाम पाइएकाले सोबारे वास्तविक तथ्यको खाँचो देखिएको हो ।

सप्तरी जिल्लाको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा बिहानदेखि रातिसम्म भीड लागेको हुन्छ । नेपालीहरु मात्रै नभई भारतीय पनि ठूलो सङ्ख्यामा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । सप्तरीको राजविराजबाट १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले आस्थाको केन्द्र रहेको सो स्थानमा बिहानदेखि रातिसम्म नेपाली र भारतीय श्रद्धालुको भीड लागेको हुन्छ ।

मन्दिरका पुजारी महानन्द ठाकुरका अनुसार मन्दिरमा दशैँका बेला ठूलो उत्सव नै हुने गरेको छ तर अन्य बेला पनि उत्सवकै माहौल देखिने गरिएको सो मन्दिरमा श्रद्धालुले भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा रहेको छ । भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेको पाइन्छ ।

सिम्रौनगढका तिरहुत वंशका राजा शक्रसिंह आफ्ना भाइभारदारको दबाबका कारण छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए । जानकारका अनुसार राजा शक्रसिंहले सखडा क्षेत्रमा आफ्नो कुलदेवी भगवतीको मन्दिर निर्माण गराए, प्रारम्भमा सो क्षेत्रको नाम शक्रा थियो भने कालान्तरमा शक्रा शब्दको अपभ्रंश सखडा भएको हो । त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले सपनामा भनिन्– “तिमी जुन स्थानमा बसिरहेका छौँ, त्यस स्थानमा त्रिशूल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउछाउमा पाउने छौँ । ती मूूर्तिहरूको पूजाआजा गरेर बस, तिम्रो भलो हुनेछ ।” देवी भगवतीले सपनामा दिएको निर्देशनानुसार राजा शक्रसिंहले त्रिशूल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात् हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेकाले सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरी पूजाआजाको थालनी गरेको बताइन्छ ।

मन्दिरका पुजारी ठाकुर भन्नुहुन्छ, “बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्ने, रगत लुगामा लागे पनि दाग नलाग्ने, पोखरीको पानीमा रगत मिसिँदा रातो नहुने, बलि प्रदान गर्ने नाममा राखिएका बोकालाई केही नहुने, बलिका लागि खसी किन्नुअघि कुकुर वा स्याल टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै मर्ने, बलि प्रदान गरेको खसीबाट निस्किेको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुने, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नहुनेजस्ता जनविश्वास र आस्था रहेको शक्तिपीठ हो, छिन्नमस्ता भगवती ।”

शोधकर्ता हरिकान्तलाल दासको सप्तरीको राजनीतिक इतिहास नामक पुस्तकमा उल्लेखअनुसार एघारौँ शताब्दीको अन्त्यतिर दिल्लीका सुल्तान गयासुद्दीन तुगलक बङ्गालका विद्रोही नबाबलाई सजाय दिने क्रममा  सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा आई मन्दिर ध्वस्त गर्दै मूर्तिसमेत तोडफोड गरी जलाशयमा फ्याँकिदिएका थिए । तुगलकको  आक्रमणकारी दलले सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिसमेत तोडफोड गरेका थिए ।

तुगलकको आक्रमणपछि सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ, मन्दिरको पूर्वपट्टि घना झाडी थियो, जसलाई अहिले पञ्चमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पञ्चमुखी नागदेवताले दर्शन दिने गरेको बताइन्छ । मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब १२५ वर्षअघि सखडाको भगवती मन्दिर भग्न अवस्थामा थियो । यसलाई स्थानीय बासिन्दा चुनीलाल ठाकुरले सफा गरी भिक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । सो मन्दिर विसं १९९० को भूकम्पमा फेरि भत्किन पुग्यो र त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाए ।

विसं २०२८ मा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रको सहयोगमा पक्की मन्दिर भवन साथै तीनकोठे धर्मशाला बनाइयो । त्यसपछि विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवले भगवतीको पूजाआजापछि मन्दिरको जीर्णोद्वारका लागि  रु पाँच लाख चन्दा दिए र सोही रकमबाट तत्कालीन सगरमाथा अञ्चलका अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए ।

भगवतीको नाम सन्दर्भमा कतिपय शोधकर्ता सखडेश्वरीको पक्षमा  छन् भने कतिपयद्वारा छिन्नमस्ता र महिषमर्दिनीको पक्षमा बलियो तर्क प्रस्तुत गरिएको पाइन्छ । चिकित्सक डा अशोकानन्द मिश्रले मन्दिरमा स्थापित मूर्ति छिन्नमस्ताको नभई महिषमर्दिनी भएको तर्क प्रस्तुत गरेको पाइन्छ । उहाँले मूर्तिको पाउको तलको भागमा राँगाको मूर्ति रहेकाले यो छिन्नमस्ता हुनै सक्दैन, यो महिषमर्दिनी दुर्गाको भएको स्पष्ट गर्नुभएको छ । स्थानीयवासी अविनाश प्याकुरेलका अनुसार पोखरीमा फेला परेका पाँच मूर्तिमध्ये मूलमूर्ति दुई भागमा खण्डित थियो, पछि दुईटै खण्डित भागलाई सिंहासनमा सिमेन्टले जोडी स्थापना गरियो, फेला पारिएका सबै मूर्तिको शीर नभएका कारण छिन्नमस्ता नामले ख्याति पाएको हो ।

मन्दिरभित्र मूल देवीको रूपमा भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । उक्त मूर्तिको पाउतिर राँगाको काटिएको टाउको प्रष्टरूपमा ढुङ्गामा कुँदिएको छ । मूल मूर्तिको देब्रेपट्टि दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति स्थापित छ । ती मूर्तिलाई पञ्चभगिनी पनि भनिन्छ ।

पूजा समितिले सो मन्दिरमा वर्षका चारवटै नवरात्रमा ५६ प्रकारका परिकार बनाई मध्यरातमा पूजा गर्ने गर्दै आएको छ । पूजा गर्दा केही विघ्नबाधा उत्पन्न हुन थालेपछि भगवतीको सिंहासनमा एउटा जन्तर राखी महाअष्टमीको राति तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिएको छ ।  राणाकालका प्रधानमन्त्री चन्द्रशम्शेरको कार्यकालमा विसं १९८४ मा सप्तरी जिल्लाको तिलाठी निवासी ज्योतिष यदुनन्द मिश्रले अष्टधातुले बनेको एउटा घण्टा सखडा मन्दिरमा चढाएका थिए । उक्त घण्टामा शक्रेश्वरी एकपटक र महिषमर्दिनी दुईपटक लेखिएको छ । यसबाट स्पष्ट हुन्छ शक्र सिंहले आफ्नो इष्टदेवी भगवती स्थापना गरेका थिए । सखडा भगवतीको मूर्तिलाई सूक्ष्मरूपले हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरिएको देखिन्छ ।

ज्योतिष मिश्रले चढाउनुभएको घण्टामा उल्लेख छ, “जिल्ले सप्तरी प्रगन्ना पकरी मौजे तिलाठी पण्डितजी यदुनन्द मिश्र तस्य धर्मभार्या जगदम्ब…….. सक्रेश्वरी भगवती महिष मर्दिनी श्री त्यव्रीतं घण्टा समर्पणम् भैरवी चामरादात महिषमर्दिनी प्रदाकाली जगदम्बा सरस्वती रक्षन्तु सर्व कालेषु प्रार्थिता यदुननन्द ।” यसमा महिषमर्दिनी शब्द दुईपटक प्रयोग गरिएकाले पनि छिन्नमस्ता शब्द शोधको विषय देखिएको हो ।