२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । यो खेल निकै रोमाञ्चक रह्यो । यो खेलसँग जोडिएको एउटा रोचक खबर बाहिर आएको थियो ।

पाकिस्तान क्रिकेट टिमका एक फ्यानले खेल हेर्न आफ्नो ट्रयाक्टर बेचेका थिए । तर पाकिस्तानको पराजयले उनलाई निराश बनायो । यसैबीच भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवकै कारण ‘पैसा वसुल’ भएको उनले प्रतिक्रिया दिएका छन् ।

भारत र अमेरिकाको खेल हेर्न पाकिस्तानी फ्यान पुगेका थिए । खेलपछि उनले भने, ‘मैले ३ हजार डलरको ट्र्याक्टर बेचेर भारत–पाकिस्तान खेल हेर्न आएको हुँ । यसमा हामी पराजित भयौं । म एकदमै निराश भएँ । तर भारतीय जनताले मलाई धेरै साथ दिए । यति धेरै म्यासेज आए । त्यसैले आज हामीले भारतलाई साथ दिनुपर्छ भन्ने लाग्यो । आज सूर्य (सूर्यकुमार यादव) ले मेरो मन जिते। खुब मज्जा आयो । भारतले ट्रयाक्टरको रकम फिर्ता गरेको छ ।’

भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । यसपछि भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्यो । यस खेलमा अमेरिकाले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो । जवाफमा भारतले १८.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । यस क्रममा सूर्यले ४९ बलमा अविजित ५० रन बनाए । सूर्यको यो इनिङ्समा २ चौका र २ छक्का समावेश थियो । शिवम दुबेले अविजित ३१ रन बनाए ।

यो पनिः ट्र्याक्टर बेचेर खेलको टिकट किनेका थिए पाकिस्तानी फ्यानले, हारपछि लाखौं पैसा बर्बाद